लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

साहित्यकार तारानाथ शर्माको निधन

tillotmacitynews - 2022 Feb 15 03:59 PM
IMG

२०७८ फागुन ३, तिलोत्तमा सिटी। ‍साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ । डिमेन्सिया (बिर्सने रोग), उच्च रक्तचाप र मधुमेहबाट पीडित शर्माको मंगलबार बिहान घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका अभियन्ता समेत रहेका शर्माका बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दा लगायत कृति चर्चित छन् ।


२०२६ सालको मदन पुरस्कार विजेता शर्माको मंगलबार मध्याह्न १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. डा. जगमान गुरुङले जानकारी दिए । उनको शवलाई घरबाट प्रतिष्ठानमा नल्याई सिधै पशुपति आर्यघाट लैजाने कार्यक्रम रहेको उनले बताए ।शर्माको निधनप्रति मदन पुरस्कार गुठीले पनि श्रद्धाञ्जली अर्पण गरेको छ ।

कमेन्ट गर्नुहोस्