लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपालमा कोरोना संक्रमण दर घट्दो क्रममा

IMG

२०७८ फागुन २, तिलोत्तमा सिटी । नेपालमा एक सातामा कोरोना संक्रमणदर १६ प्रतिशतले घटेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस अनुसार नेपालमा अहिले कोरोना संक्रमण दर घट्दो क्रममा छ।  आइतबारको मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारले अघिल्लो साता भन्दा यो साता १६.१ प्रतिशतले संक्रमणदर घटेको जानकारी दिनुभयो । अघिल्लो हप्ता ५९ हजार ४५९ पीसीआर परीक्षणमा १७ हजार ८३० संक्रमण पुष्टि भएको थियो ।


यो साता कुल ६५ हजार ९४ मध्ये सात हजार ४१० संक्रमण पुष्टि भएकोे छ । ‘यो संक्रमणदर ११.४ प्रतिशत हो । अघिल्लो साताको संक्रमणदर ३० प्रतिशत थियो । एक सातामा संक्रमणदर १८.६ प्रतिशतले कम भएको छ’, उहाँले भन्नुभयो । गत हप्ता ३१ हजार २२१ एन्टिजेन परीक्षणमा सात हजार ६०० संक्रमित देखिएको थियाे। परीक्षण भएका मध्ये २४.४ कोरोना पुष्टि भएका थियो ।

कमेन्ट गर्नुहोस्