
२०७८ फागुन २, तिलोत्तमा सिटी। नेपालमा थप १३ लाख १२ हजार ८० डोज एस्ट्राजेनेका खोप आएका छन। बेलायतबाट कोभ्याक्स सुबिधा अन्तर्गत थप १३ लाख १२ हजार ८० डोज कोभिडविरुद्धको खोप प्राप्त भएको हो । बेलायतले कोभ्याक्स सुविधाबाट २१ लाख ७४ हजार १६० डोज खोप पठाएको हो। यसमध्ये ८ लाख ६२ हजार ८० डोज खोप यसअघि नै आइसकेको छ। बाँकी रहेको १३ लाख १२ हजार ८० डोज खोप आज काठमाडौं आइपुगेको हो।
कमेन्ट गर्नुहोस्