लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लैङ्गिक समानता

IMG

 प्रा. डा. कपिल लामिछाने 

२०७८ फागुन २, तिलोत्तमा सिटी । चौतारीमा वर र पिपलका विरुवा एकैदिन एकै साइतमा रोपिए ।समय बित्दै जाँदा वर हलक्क बढ्यो । झ्याम्म छाया दिने भयो । पिपल लिखुरो भयो । त्यसले अरूलाई छाया के देओस् ? ऊ आफैँ वरको छहारीमा थियो ।एक अर्को चौतारीमा पिपल र वरका बिरुवा एकैदिन एकै साइतमा रोपिए ।समय बित्दै जाँदा पिपल हलक्क बढ्यो । झ्याम्म छाया दिने भयो । वर लिखुरो भयो । त्यसले अरूलाई छाया के देओस् ? ऊ आफैँ पिपलको छहारीमा थियो ।रोप्नेवाला जिल्ल परेर सोचिरहेछ कि दुवै समान किन हुन सक्दैनन् ?

कमेन्ट गर्नुहोस्