लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बैंक निक्षेपकाे ब्याजदर बढाउने सहमति

IMG

तिलोत्तमा सिटी,माघ २९ गते २०७८। वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाउने सहमति गरेका छन् । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघले शुक्रबार फागुन महिनाका लागि ब्याजदर बढाउने सहमति गरेका हुन् ।पछिल्लो समय बैंकहरुमा लगानी योग्य रकम (तरलता) अभाव चर्को क्रममा छ । कर्जाको माग निरन्तर बढिरहेको तर निक्षेप भने आउन नसकेको भन्दै बैंकहरुबीच ब्याजदर बढाउने भद्र सहमति गरिएको संघका एक सदस्यले जानकारी दिए । उनका अनुसार व्यक्तिगततर्फ मुद्दतिमा वार्षिक ११.०३ प्रतिशत ब्याजदर पुर्याउने सहमति भएको छ ।


यसअघि माघ महिनाका लागि बैंकहरुले १०.०७ प्रतिशत ब्याजदर दिने सहमति गरेका थिए । पुसमा बढाइएको ब्याजदर माघ महिनामा भने बढाइएन ।तर फागुनमा भने एकैपटक करिब १ प्रतिशत ब्याजदर बढाउने निर्णय भएको हो । सहमति अनुसार अब वाणिज्य बैंकहरले संस्थागतमा निक्षेपमा १०.३ प्रतिशत ब्याजदर दिनेछन् । यसैगरी बचत खाातामा ५ प्रतिशत र कलमा ३.०१५ प्रतिशत व्याजदर दिने भद्रम सहमति भएको ति सदस्यले जानकारी दिए ।





कमेन्ट गर्नुहोस्