लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोना संक्रमण घट्दो तर मृत्युदर स्थिर

IMG

२०७८ माघ २८, तिलोताम्मा सिटी । कोरोना संक्रमितको संख्या दैनिक घटीरहँदा पनि  मृत्युको संख्या भने घट्न सकेको छैन। स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबार २४ घण्टामा १ हजार ३६९ जना संक्रमित भेटिए। र, संक्रमणदर ११ दशमलव ५२ प्रतिशत छ। जुन ओमिक्रोन भेरियन्ट फैलिएपछि हालसम्मकै सबैभन्दा थोरै संक्रमित संख्या र संक्रमणदर हो।  माघको दोस्रो साताबाट संक्रमणदर घटिरहँदा मृत्युको संख्या भने घट्न सकेको छैन। पुस महिनामा मात्र ४८ जना संक्रमितको मृत्यु भएको थियो। माघको २७ गतेसम्म मात्र २५१ जना संक्रमितको मृत्यु भइसकेको छ। 


संक्रमणदर दैनिक घटेपनि मृत्युदर भने घट्न नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले पनि पुष्टि गर्छ। कुल मृत्युमध्ये सबैभन्दा धेरै ६० देखि ६९ वर्ष उमेर समूहका छन्। दोस्रोमा ७० देखि ७९, तेस्रोमा ५० देखि ५९, चौथोमा ४० देखि ४९ र पाँचौ नम्बरमा ८० वर्ष माथिका छन्। नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको छ। संक्रमित हुने उमेर समूह सबैभन्दा धेरै २१ देखि ३० वर्ष भएपनि मृत्यु संख्या भने ५० वर्ष माथिका उमेर समूह छन्। 


कमेन्ट गर्नुहोस्