
२०७८ माघ २८, तिलोताम्मा सिटी ।स्थगित गरिएका परीक्षा र कक्षा पर्सिदेखि भौतिक उपस्थितिमा सञ्चालन गर्न त्रिविकाे निर्देशन दिएको छ। त्रिविको कार्यकारी परिषद्को बैठकले कोरोना भाइरस सङ्क्रमणले रोकिएका परीक्षा र सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिनुभयो ।कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि त्रिविले माघ पहिलो हप्तादेखि सञ्चालन हुने परीक्षा स्थगन गरेको थियो । यसअघि सरकारले पनि पर्सिदेखि विद्यालय तहको कक्षा सञ्चालन गर्न निर्देशन दिइसकेको छ।
कमेन्ट गर्नुहोस्