
२०७८ माघ २८ ,तिलोत्तमा सिटी। फागुन १ गतेदेखि कोरोना भाइरसविरुद्धको दुवै डोज खोप लगाएर ६ महिना पुगेका १८ वर्ष माथिका सबै नागरिकलाई सरकारले बुस्टर डोज खोप दिने भएको छ। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कोभिडविरुद्ध पूर्ण मात्रा खोप लगाएका १८ वर्ष माथिका सबै नागरिकलाई अब फागनु १ गतेबाट बुस्टर डोज दिइने र पूर्ण खोप लगाएर ६ महिना पूरा भएकाले खोप केन्द्रमा गएर बुस्टर डोज लगाउन सकिने स्वास्थ्यमन्त्री विरोध खतिवडालेले बतायका छन्।
बुस्टरको रुपमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले ७७ जिल्लाकै स्वास्थ्य कार्यालयहरुलाई पत्राचार गर्दै कोरोना विरुद्धको खोपको पहिलो श्रृङ्खला लगाएको ६ महिना पूरा भएका १८ वर्ष र सोभन्दा माथिका सबैलाई खोप उपलब्धताको आधारमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप (बुस्टर डोज) प्रदान गर्न भनेको छ। यसअघि बिहीबार स्वास्थ तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्धको दुवै डोज खोप लगाएको ६ महिना पूरा भएका १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिने निर्णय भएको सूचना सार्वजनिक गरेको थियो।
मन्त्रालयले कोरोना संक्रमण भएका व्यक्तिलाई संक्रमणमुक्त भएको एक महिनापछि कोरोना भाइरसविरुद्धको खोप र बुस्टर डोज दिन मिल्ने जनाएको छ। मन्त्रालयले बुस्टर डोज खोप दिँदा अग्रपंक्तिमा खटिनेहरु, ६० वर्षमाथिका ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती र सामाजिक जनसांख्यिक रुपमा पछाडि पारिएका व्यक्तिहरुलाई प्राथिमकता दिन पनि भनेको छ।
कमेन्ट गर्नुहोस्