लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मृत्यु

IMG

 विकाश चाम्लिङ 

२०७८ माघ २७, तिलोताम्मा सिटी ।

टपक्क टिपेर उडिँहाल्छ

अवतरण गर्दैन जहाज जस्तो,

अनन्त यात्रा हुन्छ

तर कुनै गन्तव्यको विवरण हुदैन,

कसैलाई थाहा हुदैन

कस्को जीवन

कहिलेसम्म!


जाने बेला खसालि राख्छ

ठुलो आघात र विष्मतको अश्रुग्यास,

खस्छ आफन्तको आँखाबाट

केही दिन

केही क्षण


मृत्यु सत्य छ

र अदृश्य छ

देख्दैनन खुल्ला आखाले

महसुस गर्न सक्छ केवल बन्द आँखाले,

प्रत्येक्ष झुन्डिरहेका हुँदैन

चमेरो जस्ता तार खाम्बा नीर,

लुकीरहेका पनि हुन सक्छ

बलेसी र कुलेसोमा,


मन्द हावाको बहावमा

दियो निभे सरी

खस्छ मृत्यु

त्यसैले मृत्युलाई चिन्दैनन् र नै

आत्माहत्या गर्छन्

हतार हुनेहरु!

कमेन्ट गर्नुहोस्