लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

फागुन १ गतेदेखि त्रिविमा भौतिक उपस्थितिमै पठनपाठन

IMG

२०७८ माघ २७, तिलोताम्मा सिटी ।  आगामी १ फागुनदेखि त्रिभुवन विश्वविद्यालयले  भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ ।

कोरोनाको तेस्रो लहर सुरु भएसँगै त्रिविले गत ९ माघदेखि विभिन्न तहका परीक्षासमेत स्थगित गरेको थियो ।बिहीबार त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको छ । मंगलबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले १ फागुनदेखि पठनपाठन र रोकिएका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।


कमेन्ट गर्नुहोस्