लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-३ आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन

IMG

तिलोत्तमा सिटी,माघ २६ गते २०७८। तिलोत्तमा नगरपालिका वडा नम्वर-३ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन गरिएको छ । नगरपालिकाको वडा नम्वर-३ सीमानगरमा निर्माण भएको भवनको एक कार्यक्रमका बीच नगरप्रमुख बासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी देवी चौधरीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख घिमिरेले तिलोत्तमा नगरपालिका भित्र संचालनमा आएका  स्वास्थ्य संस्थाहरुले दिने सोवा गुणस्तरीय रहेको बताउँदै विश्वासका साथ सेवा लिन नगरबासीलाई आग्रह गर्नुभयो । उहाँले कतिपय स्वस्थ्य संस्थाहरुले जिल्ला अस्पताल सरहको सुविधा दिए पनि जानकारीको अभावले नगरबासी महंगो सेवा लिन बाध्य हुने गरेको स्मरण गर्नुभयो ।


स्वास्थ्य संस्थाको दीगो व्यवस्थापनका लागि नगरपालिकाले योजना निर्माण गरी काम गरिरहेको बताउँनुभयो । कार्यक्रममा बोल्दै नगरपालिका उपप्रमुख चौधरीले गरी खाने समुलायका लागि आभारभूत स्वास्थ्य संस्थाको सेवा महत्वपूर्ण हुने बताउनुभयो । समयको माग अनुरुप सेवा गुणस्तरीय बन्दै गएको बताउँदै उहाँले सेवा लिन आग्रह गर्नुभयो । वडा नम्वर-३ का वडा अध्यक्ष टंक तिवारीको अध्यक्षता, स्वास्थ्य संस्था प्रमुख थानेश्वर बस्यालको संचालनमा भएको कार्यक्रममा नेकपा एमालेका नगर सचिव मिनप्रसाद पोखरेल, नेपाली कांग्रेस वडा नम्वर-३ का वडा सभापति केशरी पाण्डे, स्वास्थ्य शाखा प्रमुख मोती प्रसाद पौडेल, वडा नम्वर-४ का वडा अध्यक्ष दिवाकर ढकाल, बुटवल वडा नम्वर-११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री,अस्थायी प्रहरी बिट योगीकुटी इन्चार्ज असई कमला गोतामे लगाएतले बोल्दै स्वास्थ्य क्षेत्र अतिआवश्यकीय तथा संवेदनशील भएकाले सवैको पहुजमा हुने गरी विकास गर्नुपर्ने बताएका थिए ।


स्वास्थ्य संस्था २०७७ साल भदौ १७ गते सिलन्यास भएको भवन २०७८ साल बैशाख ३० गते निर्माण सम्पन्न भएको थियो । भवन रु ५३ लाख २४ हजार १५७ रुपौया लागतमा निर्माण भएको संस्था प्रमुख बस्यालले बताउनुभयो । 


कमेन्ट गर्नुहोस्