लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्यारा युवक - ७

IMG

 काशीनाथ मिश्रित

२०७८ माघ २६, तिलोताम्मा सिटी ।

ढोका ढप्के प्रगतिपथका मार्ग हाम्रा बिलाए ।

भोका नाङ्गा ठगि सदनमा हात तिन्ले मिलाए ।

ताल्चा खोली प्रगतिपथको घ्वार्र दैलो उघार ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


मत्ता हात्ती बन न रिपुको सूँडले ढाड भाँच ।

सत्ता खोज्ने अविकसित ती रोगीलाई समात ।

आफ्ना हेरी मुलुक चुसने देशद्रौही झपार ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


हाम्रो नीलो गगनतलमा प्वाल ठूलो प¥यो रे ।

लापर्वाही मनुजहरुले गर्न थालेर हो रे ।

यस्तै चाला अझ बढिरहे विश्वमै पर्छ मार ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


हाम्रो चारैतिर धमिलियो स्वच्छ वायू रहेन ।

उब्जे ब्याधी दिनदिन नयाँ दीर्घ आयू भएन ।

तिम्रै नौलो पहल जरुरी पर्छ क्यारे किशोर ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


आगो सल्क्यो वन वन युवा लाग्न थाल्यो डढेलो ।

सारा जन्तू भयभित भए भस्म नै गर्छ क्या हो ।

आगो लागेपछि अब कुवा खन्न के अर्थ भो र ?

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


हाम्रो निम्ती विजुलि पनि हो धर्तिले नै दिएको ।

खोई कस्ले अझतक छ त्यो स्रोत ठानी लिएको?

यत्रो ठूलो जलनिधि त्यसै मौन भै जान्छ खेर ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


थोत्रो गाडी अब बदल भो फ्याँक्छ धूवाँ खराव ।

जस्ले गर्दा असर सबको स्वसप्रस्वासमा छ ।।

खोक्दा कालो कफसहितको निस्कने भोृ खकार ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।

कमेन्ट गर्नुहोस्