लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थप १८ सय ५१जनामा कोरोना सङ्क्रमण पुष्टि

IMG

२०७८ माघ २६, तिलोताम्मा सिटी ।पछिल्लो २४ घण्टामा थप  १८ सय ५१जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ६०३ जनाको पीसीआर परीक्षण गर्दा १८ सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।चार हजार ७५३ जनाको एन्टीजेन परीक्षण गर्दा ५५० जनामा सङ्क्रमण पुष्टि भएको छ ।


मन्त्रालयका अनुसार कुल १६ हजार ३५६ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर दुई हजार ४०१ जनामा सङ्क्रमण पुष्टि भएको छ भने सात हजार ७७७ जना सङ्क्रमण मुक्त भएका छन् ।मन्त्रालयका अनुसार २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८५२ पुगेको छ ।अहिले  नेपालमा हाल ३० हजार २४१ जना सक्रिय सङ्क्रमित छन्


कमेन्ट गर्नुहोस्