
२०७८ माघ २६, तिलोताम्मा सिटी।पछिल्लो २४ घण्टामा भारतमा थप ७१ हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार गत २४ घण्टामा ७१ हजार ३५६ जना नयाँ सङ्क्रमित भएका हुन् सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा अरु एक हजार २१७ जनाको मृत्यु भएको छ । यससँगै भारतमा अहिलेसम्म कुल मृतकको सङ्ख्या पाँच लाख पाँच हजार २७९ पुगेको छ ।नयाँ सङ्क्रमितहरुको सङ्ख्या निकै कम हुँदै गएपछि अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या आठ लाख ९२ हजार ८२८ पुगेको छ ।यससँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या चार करोड १० लाख १२ हजार ८६९ पुगेको छ ।
कमेन्ट गर्नुहोस्