
२०७८ माघ २५, तिलोताम्मा सिटी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार सरकारले खोप अभियान सुरु भएदेखि सोमबारसम्म तीन करोड ४० लाख ८४ हजार ८६८ मात्रा खोप लगाएको छ ।जसमा पहिलो मात्रा एक करोड ७८ लाख २६ हजार ५९४, पूर्णमात्रा एक करोड ४६ लाख २८ हजार ५३३ र अतिरिक्त मात्रा छ लाख २९ हजार ७४१ जनाले लगाएका छन्। त्यस्तै सरकारले १८ वर्ष माथिका लक्षित जनसंख्याको एक करोड ९९ लाख २२ हजार १६४ जनालाई चैत मसान्तसम्म खोप लगाउने लक्ष्य लिएको छ ।अहिलेसम्म सरकारले १८ वर्ष माथिका लक्षित जनसंख्याको ८८.४ प्रतिशत अर्थात एक करोड ७६ लाख तीन हजार १५३ र ७२.७ प्रतिशत अर्थात एक करोड ४४ लाख ९० हजार ९०२ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
सरकाले १२ देखि १७ उमेर समुहका ३४ लाख पाँच हजार ४५५ जनालाई कोरोना खोप लगाउने लक्ष्य लिएको छ । जसमा अहिलेसम्म ८० प्रतिशत अर्थात २७ लाख २९ हजार ५३४ जनाले एक मात्रा र ३२ प्रतिशत अर्थात १० लाख ९७ हजार ३५८ जनाले पूर्णमात्रा खोप लगाएको मन्त्रालयको तथ्यांमा उल्लेख गरिएको छ।नेपालले कुल जनसंख्याको दुई करोड ९१ लाख ९२ हजार ४८० जनालाई खोप लगाउने लक्ष्य लिएको छ । तर अहिलेसम्म कुल जनसंख्याको ७०.६ प्रतिशत अर्थात दुई करोड छ लाख सात हजार ११५ जनाले एक मात्रा र ५३.३ प्रतिशत अर्थात एक करोड ५६ लाख २८ हजार ५३३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
कमेन्ट गर्नुहोस्