
२०७८ माघ २५, तिलोताम्मा सिटी । नेप्से परिसूचक आज १६ दशमलव तीन अङ्कले घटेर दुई हजार आठ सय ३५ दशमलव ५८ विन्दुमा झरेको छ । आज व्यापार, होटल, निर्जीवन बीमा र उत्पादन समूहको शेयर बढे पनि अरू समूहको शेयर घटेको छ । एक करोड २० लाख ५३ हजार कित्ता शेयर ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ३५ करोड ८५ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै लिबर्टी हाइड्रोको शेयर ६ दशमलव २७ प्रतिशत र नेपाल हाइड्रो डेपलपर्सको शेयर पाँच दशमलव १८ प्रतिशतले घटेको छ । नेपाल इन्सोरेन्स कम्पनीको शेयर भने झन्डै चार अङ्कले बढेको छ । हिजाे सोमवार सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेपछि शेयर बजार बढ्ने विश्लेषकहरूले अनुमान गरेका थिए ।
कमेन्ट गर्नुहोस्