
२०७८ माघ २५, तिलोताम्मा सिटी । संघीय स्वास्थ्य मन्त्रालयले मङगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ५९७ जना संक्रमित भएका छन् । यसैसँगै कूल संक्रमितको संख्या चार करोड २३ लाख ३९ हजार ६११ पुगेको छ। महामारीको तेस्रो चरण सुरु भएपछिको पछिल्लो एक महिनापछि दैनिक संक्रमितको सङ्ख्या एक लाखभन्दा कम भएको दोस्रो दिन हो । कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि संक्रमितहरूको सङ्ख्या एकाएक बढेको थियो । पछिल्लो एक दिनमा भारतमा कोरोनाकै कारणले मात्रै एक हजार १८८ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएयता हालसम्म पाँच लाख चार हजार ६२ जनाको मृत्यु भएको पनि समाचारमा जनाइएको छ। अहिले भारतमा संक्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या ९ लाख ९४ हजार ८९१ रहेको मन्त्रालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्