लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एकैदिन रुसमा भएका कोरोना सङ्क्रमितको संख्या अहिलेसम्मकै धेरै

IMG

२०७८ माघ २४ ,तिलोताम्मा सिटी। पछिल्लो २४ घण्टामा रुसमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना सङ्क्रमित देखिएका छन् । रुसको  स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ आइतबार मात्र एक लाख ८० हजार जनाभन्दा बढी सङ्क्रमित देखिएका हुन् ।अहिलेसम्म १ करोड २८ लाखभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिएका बताइएको छ । रुसको सरकारले बताए अनुसार यहाँ गएको २४ घण्टामा नै कम्तीमा पनि ६६१ ज्ना सङ्क्रमितको निधन भएको छ ।यो समेतगरी यहाँ अहिलेसम्म ३ लाख ३५ हजार ४१४ जनाको ज्यान गएको छ । रुसमा सबैभन्दा बढी सङ्क्रमित हुने स्थान राजधानी मस्को नै रहेको पनि यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।


कमेन्ट गर्नुहोस्