
२०७८ माघ २४ ,तिलोताम्मा सिटी। थप आठ लाख ६२ हजार ८० डोज एस्ट्राजेनिका खोप आज नेपाल आइपुगेको छ ।स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. सुरेन्द्रले चौरासियाले बेलायत सरकारको सहयोगमा कोभ्याक्सअन्तर्गत २१ लाख ७४ हजार १६० मात्रा खोपमध्ये आठ लाख ६२ हजार ८० मात्रा खोप आज बिहान काठमाडौं आइपुगेको जानकारी दिनुभएको हो। अब १३ लाख १२ हजार ८० मात्रा खोप फ्रेबुअरी १४ तारिख अर्थात् फागुन २ गते आइपुग्ने उँहाले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्