
२०७८ माघ २१, तिलोत्तमा सिटी। थप एक हजार ६०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ६६५ जनाको पीसीआर परीक्षण गर्दा १६ सय २ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा चार हजार ४१८ जनाको एन्टीजेन परीक्षण गर्दा ९२४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार कुल ११ हजार ७३ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर दुई हजार ५२६ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा आठ हजार ४२५ जना डिस्चार्ज भएका छन् ।पछिल्लो २४ घण्टामा मुलुकमा पाँच लाख १३ हजार ५१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७९४ पुगेको छ ।
कमेन्ट गर्नुहोस्