
२०७८ माघ २१, तिलोत्तमा सिटी । भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको संख्या थप एक लाख ४९ हजार ३९४ भएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जानकारी दिएको हो। थप एक हजार ७२ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएपछि भारतमा कोरोना सुरु भएदेखि हालसम्म यस रोगबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ५ लाख नाघेको सो मन्त्रालयले जनाएको छ ।स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या पाँच लाख ५५ जना पुगेको छ । कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउने सबभन्दा धेरै महाराष्ट्र राज्यका नागरिक रहेका जनाइएको छ ।
हाल भारतमा कोभिड¬–१९ कूल सङ्क्रमितको संख्या चार करोड १९ लाख ५२ हजार ७१२ जना पुगेको जनाइएको छ । तीमध्ये हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १४ लाख ३५ हजार ५६९ रहेका छन् । कूल सङ्क्रमितको ३.४२ प्रतिशत सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ। गएको २४ घण्टामा भारतमा दुई लाख ४६ हजार ६७४ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म चार करोड १७ हजार ८८ जनालाई कोरोना सङ्क्रमण निको भएको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९५.३९ प्रतिशत रहेको जनाइएको छ । एक अर्ब ६८ करोड ४७ लाखभन्दा बढी डोज खोप लगाइएको छ ।
कमेन्ट गर्नुहोस्