लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

२४ घन्टायता रुसमा कोरोना सङ्क्रमितको संख्या अहिलेसम्मकै धेरै

IMG

२०७८ माघ २१, तिलोत्तमा सिटी। २४ घन्टायता कोरोना भाइरस सङ्क्रमणदर रुसमा  सबैभन्दा धेरै भएको बताइएको छ । बिहीबार अघिल्लो २४ घन्टायता एक लाख ५५ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमित वयका छन् ।  यो अहिलेसम्मकै सबैभन्दा संख्या धेरै हो । त्यस्तै यो अवधिमा कम्तीमा पनि ६६५ जनाको ज्यान गएको बताइएको छ ।


रुसमा अहिलेसम्ममा तीन लाख ३३ हजार ३५७ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । पछिल्लो समयमा कोभिडका सङ्क्रमितहरूको संख्या बढेको पनि पाइएको छ ।  सबैभन्दा बढी यहाँको राजधानी मस्को प्रभावित भएको र अहिले देखिएका सङ्क्रमितहरूमा पनि पछिल्लो समयमा सबैभन्दा बढी मस्कोमा नै भेटिएका छन् ।यहाँ ओमिक्रोन भेरियन्ट पहिलेका वेभहरूको तुलनामा बढी नै फैलिएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।


कमेन्ट गर्नुहोस्