
२०७८ माघ २०, तिलोत्तमा सिटी। भारतमा एक दिनमै एक लाख ७२ हजार ४३३ संक्रमित र कोरोना सङ्क्रमणकै कारण एक हजार ८ जनाको मृत्यु भएको थपिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कले देखाएको छ । कोरोना सङ्क्रमणको कारण एक हजार ८ जनाको मृत्यु भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ । यससँगै भारतमा कोरोना सङ्क्रमणको कारण मृत्यु भएका कूल संख्या चार लाख ९८ हजार ९८३ पुगेको छ ।हाल देशमा १५ लाख ३३ हजार ९२१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका पनि सो मन्त्रालय थप जानकारी दिएको छ ।
यस अवधिमा ८७ हाजार ६८२ जना सक्रिय सङ्क्रमित घटेका समाचारमा जनाइएको छ । लगातार १०औं दिनसम्म भारतमा सक्रिय सङ्क्रमित संख्या घटेको मन्त्रालयले बताएको छ ।हालसम्म कूल तीन करोड ९७ लाख ७० हजार ४१४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने गत २४ घण्टामा दुई लाख ५९ हजार १०७ जना निको भएका छन् ।
कमेन्ट गर्नुहोस्