लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्थगित लोक सेवा आयोगका परीक्षाहरु फागुन ६ देखि हुने

IMG

२०७८ माघ २०, तिलोत्तमा सिटी। स्थगित लोक सेवा आयोगका परीक्षाहरु फागुन ६ गतेदेखि सुरु हुने भएका छन्। आयोगले यसअघि माघ ६ गत सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि स्थगित परीक्षाहरु आगामी फागुन ६ गतेदेखि हुने भएको हो।आयोगले  सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ पालना गरी परीक्षा सञ्चालन गर्ने कार्यक्रम तोकेको हो।लिखित परीक्षा सञ्चालन गर्दा सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरिने आयोगले जनाएको छ।

कमेन्ट गर्नुहोस्