लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पाँच वर्षभन्दा कम उमेर समूहका लागि कोभिडविरुद्धको खोप फाइजर र बायोएनटेक ल्याउने तयारी

IMG

२०७८ माघ १९, तिलोत्तमा सिटी।पाँच बर्ष मुनिका बालबालिकाको लागि कोभिडविरुद्धको खोप फाइजर र बायोएनटेक बनाउँदै छ।यी दुई कम्पनीले  चाँडै अमेरिकी स्वास्थ्य नियामक संस्थाहरूलाई पाँच वर्ष र त्यसभन्दा कम उमेरका बालबालिकाका लागि कोभिड–१९ खोपको आपतकालीन प्रयोग गर्न अनुमति माग्ने तयारी गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। 


अमेरिकामा हालसम्म यो उमेर समूहलाई कोरोनभाइरसविरुद्धको खोप सिफारिस गरिएको छैन।  यी दुई कम्पनीले पाँच वर्षमुनिका र छ महिनामुनिका बालकालिकाका लागि दुई थरी खोप लगाउने प्रबन्धका लागि आकस्मिक अनुमति माग्न सक्ने सञ्चारमाध्यमले जनाएका हुन्। गत महिना अमेरिकी खाद्य तथा औषधि प्रशासनले १२ वर्षका केटाकेटीका लागि फाइजरको कोभिड–१९ बुस्टर मात्रालाई अनुमोदन गरेको थियो।

कमेन्ट गर्नुहोस्