लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जित्नै पर्ने युद्ध

tillotmacitynews - 2022 Feb 02 01:11 PM
IMG

२०७८ माघ १९, तिलोत्तमा सिटी।

हिजो सम्म वरिपरि हुन्थे सबै

आजा टाढा टाढा भाग्छन् किन

एक अर्का बाट नजिक नभई दुरि हुनु पर्ने

रोग आयो कस्तो मान्छे देखि मान्छे भाग्नु पर्ने ।


एक्लै छु कोठा भित्र

कोई छैनन् साथी,

घरी दुख्छ टाउको,

घरी दुख्छ छाती

साँस फूलेर गाह्रो हुन्छ

वज्रपात हुन्छ मेरो मन माथी ।


कता गयो माया,

कता गयो दया,

कहाँ छन् मेरा आफन्त,

कहाँ छिन् मेरी आमा,


घरी घरी लाग्छ मलाई

कोरोना नै मेरा काल छन्

आज यस्तो भोलि

झन् बेहाल छन् ।


फेरी सोच्छु जित्नै पर्छ मैले,

जसरी भए पनि,

सार्हो गाह्रो भए पनि

उठ्नै पर्छ मैले

मेरो आत्मविश्वास बढाउन लाई

आफूलाई बलवान वनाउन लाई

र कोरोना लाई हराउन लाई ।


सामाजिक दुरि कायम गरि आफ्नो काम गरौँ

कोरोना सगैँ बाच्नु पर्छ,बलियो भएर लडौँ

केहि हुन्न लागेपनि सबै नियममा बस्दा

सचेत हुनु पर्छ अरूको दुःख सुन्दा ।


विविधतामा एकता जोडी,

प्रणय गरौं हामी सबै मिली,

यो महामारी लाई जित्नै पर्छ,

फेरी हामी सबै एक हुन् लाई ।

कमेन्ट गर्नुहोस्