लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जीवन

tillotmacitynews - 2022 Feb 01 12:36 PM
IMG

२०७८ माघ १८, तिलोत्तमा सिटी।

मृत्यु सामु देखा पर्दा जो कोही पनि भाग्दछ

होचो पर्खाल देखेमा नाघ्न नै अघि सर्दछ ।

नदेखिने झट्ट हेर्दा चरित्र र स्वभाव हुन्

श्रम र कर्म बाट नै यी सधैं फुल्ने गर्दछन् ।

मेटिदैन कसैबाट प्रकृति विधि पद्धति

कडा चट्टान फोरेर बढ्छ त्यो सृष्टिको गति ।

ॲांखा चिम्ली थाहा हुन्न सबै संसारको गति

यात्रारत बने मात्र जानिन्छ सबको मति ।

कोपिला तब फक्रन्छ वासना जब झुल्दछ

आफु सीमा भित्रै बसी प्रकृति रुप फेर्दछ ।

कमेन्ट गर्नुहोस्