लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थप २३ लाख ४० हजार डोज मोडर्ना खोप आउँदै

IMG

२०७८ माघ ११, तिलोत्तमा सिटी। कोरोना भाइरस विरुद्ध बालबालिकाले लगाउने २३ लाख ४० हजार डोज मोडर्नाको खोप नेपाल आउँदैछ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार मंगलबार २३ लाख ४० हजार डोज खोप नेपाल आउँदैछ। यसअघि सोमबार पनि १६ लाख ६० हजार डोज मोर्डना खोप सोमबार आइसकेको छ। 


यो खोप सरकारले विश्व बैंकको सपोर्टमा खरिद गरेको चौरासियाको भनाइ छ। उनका अनुसार खोपसँगै सिरिञ्ज भने ल्याइएको छैन। उक्त खोपका लागि आवश्यक पर्ने सिरिञ्जको व्यवस्था सरकारले आफैं गर्नेछ।सरकारले खोपका लागि आवश्यक पर्ने सिरिञ्ज खरिद सम्झौता गरी ल्याइरहेको छ। सरकारले आफैं खरिद गर्नेगरी सम्झौता गरेको २ करोड  ४ लाख सिरिञ्ज मध्ये ५० लाख सिरिञ्ज भने आइसकेको चौरासियाले बताए।


कमेन्ट गर्नुहोस्