
२०७८ माघ १०, तिलोत्तमा सिटी। जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारीहरुलाई सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत तीन जना कर्मचारीहरुलाई सङ्क्रमण पुष्टि भएको र अन्यलाई समेत केही लक्षणहरु देखा परेपछि परेकाले माघ ११ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुन्यविक्रम पौडेलले जानकारी दिनुभयो ।
पछिल्लो समयमा कार्यालयमा सेवा ग्राहीहरुको भीडभाड पनि बढी भएकाले भीडभाडमा सेवा प्रवाह गर्दा थप जोखिम हुने भएकाले यस्तो निर्णय गरिएको पौडेलले बताउनुभयो ।अत्यावश्यक सेवा लिन आउँदा समेत खोप लगाएको कार्ड अनिवार्य रुपमा ल्याउनुपर्ने छ । बढी भीडभाड नगर्न र स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह समेत गरेको छ ।
कमेन्ट गर्नुहोस्