लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेशमा करिब ६० प्रतिशत कोरोना संक्रमण

IMG

२०७८ माघ १०, तिलोत्तमा सिटी। लुम्बिनी प्रदेशमा कोरोना संक्रमण दर करिब ६० प्रतिशत पुगेको छ । प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सयजनाको परीक्षण गर्दा करीब ६० जनामा संक्रमण पुष्टि हुने गरेको छ ।‘अहिले प्रदेशमा परीक्षण भएका करिब ६० प्रतिशतमा कोरोना पोजेटिभ देखिने गरेको छ ’स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा. विकाश देवकोटाले भने–‘पुस १० यता मात्रै प्रदेशमा ५ हजार ५ सय २८ जना सक्रिय संक्रमित थपिएका छन्।’


संक्रमितमध्ये ५ हजार ३६ जना होम आइसोलेसनमा, ५० जना संस्थागत आइसोलेसनमा, ३३ जना आईसीयू र १ जना भेण्टिलेटरमा उपचाररत रहेका डा. देवकोटाले जानकारी दिए ।संक्रमण दर बढी भएपनि अस्पतालमा भर्ना हुने दर पहिलाको तुलनामा धेरै कम रहेको र पुस १० यता प्रदेशमा ११ जनाको मृत्यु भएको डा. देवकोटाले बताए ।


प्रदेशमा अहिलेसम्म लक्षित जनसंख्या मध्ये ८३ प्रतिशतलाई पहिलो र ६५ प्रतिशतलाई दोश्रो मात्राको कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ ।प्रदेशका विभिन्न अस्पतालहरुमा ६ सय २४ एचडीयू ,२ सय ५३ आईसियु र ६२ वटा भेन्टिलेटर बेड तयारी अवस्थामा रहेका छन् ।प्रदेशमा अझैं १८ लाख ६२ हजार न्दा बढी डोज खोप आवश्यकता रहेको सचिव देवकोटाले जानकारी दिए । 


कमेन्ट गर्नुहोस्