लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पत्रकार विश्वकर्माको निधनबारे सत्यतथ्य सार्वजनिक गर:प्रेस काउन्सिल

IMG

तिलोत्तमा सिटी,माघ ९ गते २०७८।  प्रेस काउन्सिल नेपालले पत्रकार लालबहादुर विश्वकर्मा (एलबी) को निधन भएको विषयमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।निजामती कर्मचारी (सिभिल) अस्पतालमा सहज उपचार नपाएर विश्वकर्माको निधन भएको हाे ।  रकम अभावका कारण सहज उपचार नपाएका विश्वकर्माको यही माघ ६ गते बिहान निधन भएको थियो ।सो सम्बन्धमा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टोलीले शुक्रबार सिभिल अस्पतालको व्यवस्थापनलाई भेटेर घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको थियो ।श्रमजीवी पत्रकार अस्पतालमा प्रवेश गरिसकेपछि उपचार नपाएर ज्यान गुमाउनु लज्जाको विषय भएको काउन्सिलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।



कमेन्ट गर्नुहोस्