
२०७८ माघ ७, तिलोत्तमा सिटी। मधेस प्रदेमा पछिल्लो सात दिनको अवधिमा तीन गुणाले कोरोना संक्रमित बिरामी वृद्धिभएको छ । तर, कोभिड अस्पतालमा कोरोना संक्रमित बिरामीको संख्या शून्य जस्तै छ ।प्रदेशका जिल्लाहरुमध्ये सबभन्दा बढी धनुषामा ३४७ जना संक्रमित छन। जनकपुर स्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमति बिरामीको उपचारको लागि पुनः कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको छ ।
प्रतिष्ठानले सञ्चालन ल्याएको एक सय शैयाको कोभिड विशेष अस्पतालमा भेन्टिलेटर र आइसीयू २०÷२० बेडको व्यवस्था रहेको प्रतिष्ठानका उपकुलपति प्रा.डा. रामकेवल साहले जानकारी दिनुभयो । तर, संक्रमितको संख्या अत्यधिक रहेको भए पनि अस्पतालमा विरामीको संख्या नहुँदा अन्य विरामीलाई राखेर उपचार सेवा दिइरहेको उहाँले बताउनुभयो । कहिलेकाँही एक÷दुई जना संक्रमित बिरामी भर्ना हुन्छ, निको भएर गएपछि प्राय खाली नै छ, उहाँले भन्नुभयो ।
दैनिक ५० सिलिण्डरसम्म भर्न सक्ने क्षमताको अक्सिजन प्लान्टसमेत कोभिड विशेष अस्पतालमा जडान गरिएको उहाँले भन्नुभयो, थप अक्सिजन प्लान्ट जडानको तयारी गरिरहेका छौं । बिरामीको चाप नभएपनि आवश्यक स्वास्थ्यकर्मी जनशक्तिसहित तयारी अवस्थामा छौ । सो प्रतिष्ठानले अघिल्लो कोरोना कहरताका पनि कोभिड अस्पताल सञ्चालन गरेको थियो ।
कमेन्ट गर्नुहोस्