लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल प्रहरीका ६ सय ७१ जना कोरोना भाइरस संक्रमण पुष्टी

IMG

२०७८ माघ ७, तिलोत्तमा सिटी।  कोरोनाको तेस्रो लहर सुरु भएपछि अहिलेसम्म ६ सय ७१ जना प्रहरी सङक्रमित भएका नेपाल प्रहरीले जनाएको छ । 

 प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले सङ्क्रमित उनीहरुको स्वास्थ्य अवस्था जटिल नरहेको समेत बताउनुभएको छ । उहाँले सङ्क्रमित हुने प्रहरीको संख्या थपिँदै गए पनि नेपाल प्रहरीको काम प्रभावित हुने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।दैनिक शान्ति सुरक्षा तथा अन्य गतिविधिमा कुनै जटिलता नरहेको उहाँको भनाई छ । प्रवक्ता केसीले फ्रन्ट लाइनमा खटिने प्रहरीका लागि सहज ढंगले बुष्टर खोपको व्यवस्था मिलाइएको पनि बताउनुभयो । 

कमेन्ट गर्नुहोस्