लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आमा र ऐना

IMG

२०७८ माघ ६, तिलोत्तमा सिटी।आमाले जिन्दगीमा कहिल्यै पनि ऐना हेर्न पाउनुभएको थिएन । ऐनामा आफ्नो प्रतिविम्ब कस्तो देखिन्छ ? उहाँलाई केही पनि थाहा थिएन सायद । जिन्दगीको लामो हिस्सा उहाँले ऐना नहेरेरै बिताउनुभयो ।ऐनाको आवश्यकता उहाँले कुवामा जमेको पानी, पोखरीको पानी वा त्यस्तैत्यस्तै जलविम्बहरुमा हेरेर पूरा गर्नुभयो । उहाँ आफ्नो अनुहार हेर्नुपर्यो भने तिनै स्थलहरुको चयन गर्नुहुन्थ्यो ।एकदिन उहाले साच्चै नै ऐना हेर्न पाउनुभयो । त्यतिखेर उहा बुढ्यौलीका दिनहरु नाप्दै हुनुहुन्थ्यो । ऐनामा आफ्नो अनुहार हेरिसकेपछि उहाँले चाउरी परिसकेको आफ्नो गाला मुसार्दै यतिमात्रै प्रतिक्रिया दिनुभयो, म जवान छँदा यो ऐनामा हेरेकी भए कस्ती देखिन्थे हुँला ?उहाँ भावुक बन्नुभयो ।

कमेन्ट गर्नुहोस्