
२०७८ माघ ६, तिलोत्तमा सिटी। सबै निजी अस्पताललाई कोरोना परीक्षण शुल्क १५ सय कायम गर्ने अफिनले निर्देशन दिएको छ ।बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी ८ सय र निजीले १५०० लिनका अनुरोध गरेको थियो ।एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालका महासचिव हेमराज दाहालले कोरोना महामारीमा सामाजिक उत्तरदायित्वको हिसाबले पनि शुल्क घटाएर लिन निजी अस्पताललाई निर्देशक दिएको बताए । यो शुल्क तीन महिनासम्मका लागि मात्रै कायम गरिएको हो । त्यसैगरी कोरोना संक्रमितको उपचारमा सरकारले दिने गरेको रकम अपुग भएको गुनासो गरे ।
हाल सरकारले जटिल अवस्थाका प्रतिदिन बिरामीको उपचार गर्दा निजी अस्पतालले १५ हजार सामान्य अवस्थाको भए ३५००, मध्यम जटिल खालको भए ७००० सोधभर्ना दिन्छ ।सरकारी अस्पताल र सरकारसँग सम्झौता गरेका अस्पतालले संक्रमितको उपचार गरे बापत सरकारले अस्पताललाई सोधभर्ना दिनेछन् ।कोरोना संक्रमितको निःशुल्क उपचार पनि स्वास्थ्य मन्त्रालयले तोकेका सरकारी अस्पतालहरु र सम्झौता गरेका अस्पतालमा मात्र लागू गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले आफ्नो मातहतमा ७८ वटा अस्पतालमा कोभिड-१९ केयर युनिट सञ्चालन भएको जनाएको छ । ‘सरकारले प्रतिदिन प्रतिबिरामी संक्रमितको उपचार बापत दिने शुल्क निजीका ठूला अस्पताललाई पुग्दैन । डा. दाहालले भने ‘अन्तराष्ट्रिय हिसाबको सेवा-सुविधा भएका अस्पतालमा त्यति रकमले काम गर्न सक्दिैन र यस बिषयमा सरकारले समयमै नै सोच्नुपर्छ ।’
कमेन्ट गर्नुहोस्