लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ललितपुर प्रशासनका कर्मचारीलाई कोरोना संक्रमण पुष्टी

IMG

२०७८ माघ ५ , तिलोत्तमा सिटी। जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गर्ने निर्णय गरेको छ। बिहीबारदेखि लागू हुने गरी सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए।कोरोना संक्रमण बढ्दै गएको र कार्यालयका कर्मचारी पनि संक्रमित भएकाले अत्यावश्यक बाहेकका सेवा  अनिश्चितकालका लागि स्थगित गरेको प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ।


बिहीबारदेखि नागरिकता, नागरिकता प्रतिलिपि, संघ संस्था, नाबालक परिचय पत्र, राष्ट्रिय परिचय पत्र र राहदानीसम्बन्धी सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए।शान्ति सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवा भने नियमित रुपमा जारी रहने उनले जानकारी दिए।

कमेन्ट गर्नुहोस्