लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शेयर बजार ६९ अङ्कले बढ्यो

IMG

 २०७८ माघ २,तिलोत्तमा सिटी। कारोबार हुने हप्ताको पहिलो दिन आज शेयर बजार ६९ अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६९ अंकले बढेर दुई हजार ९ सय २६ दशमलव ७४ बिन्दुमा पुगेको हो । आज कारोबार भएका कम्पनीमध्ये एक सय ६७ वटाको मूल्य बढेको छ । १६ वटाको घटेको छ । ६ वटाको मूल्य स्थिर रह्रयो । आज उत्पादन तथा प्रशोधन समूहको सूचक ४ सय ९ अंकले, जीवन बीमा तीन सय ८९ र निर्जीवन बीमा दुई सय ६६ अंकले बढेको छ । 


त्यस्तै विकास बैंक समूह एक सय ४३ अंकले, ब्यापार समूह झण्डै ८० अंकले, जलविद्युत् ७५, फाइनान्स साढे ५६ अंकले, होटल साढे ५५ अंकले, वाणिज्य बैंक समूह साढे ३९ अंकले बढेको छ । आज कारोबार रकम पनि बढेको छ । आज एक करोड ८२ लाख ५४ हजार चार सय २५ कित्ता शेयर नौ अर्ब ६७ करोड ६३ लाख १७ हजार रुपैयाँमा कारोबार भएका छन् । यो कारोबार झण्डै तीन महिना यताकै उच्च हो । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३६ करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज स्ट्यान्डर्ड चार्टर्ड बैंकको शेयर १० प्रतिशतले बढेको छ ।

 


कमेन्ट गर्नुहोस्