लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सपनाको रूख

tillotmacitynews - 2022 Jan 16 01:49 PM
IMG

 २०७८ माघ २, तिलोत्तमा सिटी।

 मेरा गाँउका मान्छेले

सपना को बीउ रोपेका छन।

सपना बढन थाले

अनि गाँवको सादगीबाट

वाक्क भए

सपना को आफ्नै बडप्पनमा

जीउने आदत छ।

त्यसैले उनिहरूलाई

निद्रामा हिंडने लत बसेको छ।

सपना को आडमा अब

मान्छेहरू शहरको चकाचौंधमा

जीवनका पलहरू खोजी रहेछन।

उनिहरूलाई थाह छैन

सपना न कहिल्यै आफ्नो हुन्छ

न त विपना नै।

फूटेका सपनाका टूक्राहरू

बिझ्दछन पैतालाहरूमा

गाँउमा छूटेका

बाउ-बराज्यूहरूको !

कमेन्ट गर्नुहोस्