लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

काठमाडौंका अस्पतालहरु कोरोना संक्रमितले भरिँदै

IMG

२०७८ पुष २९, तिलोत्तमा सिटी। बुधबार मात्र देशभर ३ हजार ७५ जना कोरोना संक्रमित भेटिए। यो संख्या नेपालमा ओमिक्रोन पुष्टि भएपछिकै सबैभन्दा धेरै हो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३८ हजार ३७५ पुगेको छ। कुनै बेला एक सयमा झरेको संक्रमितको संख्या हाल दैनिक उकालो लाग्दैछ। कोरोना संक्रमितको संख्या पुस २२ गतेबाट ह्वात्तै बढ्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ। पुस १ गते ११ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १८४ जनामा कोरोना भेटिएको थियो। संक्रमणदर १ दशमलव ६७ प्रतिशत मात्र थियो। यो संख्या बढ्दै पुस २२ गते १० हजार २६७ जनाको पीसीआर गर्दा ४३५ जनामा संक्रमण पुष्टि भएको थियो। संक्रमणदर पनि ४ दशमलव २४ प्रतिशत थिये। हाल यो संख्या चार गुणाले बढ्दै नेपालमा कोरोना संक्रमणदर १६ दशमलव २६ प्रतिशत पुगेको छ। 


कमेन्ट गर्नुहोस्