लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देशमै केही गर्ने अठोट छ: डा.अमित के.सी.

IMG

तिलोत्तमा सिटी पौष २९ गते २०७८। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राममा बिगत १७ बर्ष अगाडी एक आँखा उपचार क्लिनिक खुल्यो।  आफ्ना संगैका साथी घरपरिवार सबै विदेश होमिदा आफ्नै देशमा केही गर्ने अठोट बनाएका एक नेत्र चिकित्सक आफ्नो अडिग लक्ष्यमा अगाडी बढे। "म सोच्छु त पुरा गर"  भनेझै त्यो सपना पनि पुरा गरे अनि देशमै बसेर बिरामीको सेवा गर्ने डाक्टर बने अमित केसी।  


आफुले रातदिन मेहनत गरेर बनाएको साखले अहिलेसम्म शिर उठाएर खान पुगेको उनि बताउछन।  पहिले १/२ जना हुदै ४/५ जना बिरामीले धानेको क्लिनिकमा अहिले बिरामीको चापसंगै आँखाकै आधुनिक प्रविधिद्वारा शल्यक्रिया समेत हुन्छ। आँखा सम्बन्धि सबै उपचार परामर्श औषधि चस्मा कन्ट्याक लेन्स र विदेशको लागि समेत आँखाको लागि चाहिने चस्मा डिजाइन गरेर उपयोगी तरिकाले पठाईने बताउछन डा.अमित के.सी.। तिलोत्तमाको मणिग्राम चोकमा लुम्बिनी आँखा उपचार केन्द्र तथा चस्मा घर मार्फत बिगत १७ बर्ष देखि सेवा दिदै आएका उनि अहिले बुटवल भाटभटेनि अगाडी रहेको केसी अप्टिकल्स मार्फत पनि थप सेवा दिदै आएका छन्।  कोभिड्को बेला समेत आँखा जस्तो संबेदनशील अंगको बेलैमा उपचार हुनुपर्छ भनेर दिनरात बिरामीको घरमै गएर उपचारमा कस्सिएका डा.अमित आफुले गरेको पेशाप्रति पुर्णरुपमा सन्तुस्ट छन्।  तर एउटा कुरामा उनि सधै दुखि हुन्छन त्यो के भने देशका कर्मठ युवा बिदेशिन परेको बास्ताबिकताले उनलाई गिज्याइरहेको हुन्छ।   


आफु पढ्दा पनि बाल्यकाल देखि नै अल्लिक खरो स्वभावको भएकाले हरेक समस्याको समाधान देशमै खोज्नुपर्ने उनको ठम्म्याइ छ।  उनि भन्छन- हो बिदेशमा मैलेभन्दा बढी कमाउने डक्टर या अन्य कुनै पेशा अंगाल्नेहरु पनि हुनुहुन्छ तर स्वाभिमानले देशमै गरेको थोरै पूजीको सेवामा सार्है रमाइलो र सन्तुस्टि हुन्छ, जसले म स्वाभिमान पुर्बक आफ्नो पेशालाइ निरन्तरता दिइरहेको छु।  यो मानेमा दुख लाग्छ कि अब हामि युवा हरु सिप सिकेर, अध्ययन सकेर विदेश जाँदा देश कसले बनाउने, कहिले बन्ने , हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? 


त्यसो त भर्खर मात्रै बिबेकशील साझाको लुम्बिनी प्रदेशको आर्थिक बिभाग प्रमुख समेत बनेका डा.अमित के.सी. आफु देश बिगार्ने नेताहरुको बिरुद्ध भिजन र लगनशिलता भएका युवा अब राजनीतिमा आउनुपर्ने सुझाव सहित राजनीतिमा देखिएको बताएका छन्।  आफुलाई एक सिक्दै गरेको युवा बताउने उनले अब नया अनुहार र नया शक्तिको खाँचो भएकाले बिबेकशील साझा रोजेर राजनीतिमा होमिएको बताएका छन्।  हेरौ तिलोत्तमा सिटीका लागि मोहन न्यौपानेले गर्नुभएको यो अन्तर्वार्ताको सम्पादित अंश : 


कमेन्ट गर्नुहोस्