लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एकै दिन २ हजार ४ सय ४४ जनामा काेराेना पुष्टि

IMG

२०७८ पुष २७, तिलोत्तमा सिटी। पछिल्लो २४ घण्टामा दुई हजार चार सय ४४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरेर १५ हजार ३३ जनाको नमुना परीक्षण गर्दा १६ दशमलव २५ प्रतिशत अर्थात् दुई हजार चार सय ४४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा तीन सय १३ जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १४ हजार सात सय ९८ पुगेको छ ।


यही अवधिमा एक जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय सात पुगेको छ ।यस्तै अहिले नेपालमा नौ हजार पाँच सय २२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ८० हजार चार सय ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

कमेन्ट गर्नुहोस्