लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

माघ १५ सम्म विद्यालय बन्द : सीसीएमसीको निर्णय कार्यान्वयन गर्ने शिक्षा मन्त्रालयको निर्णय

IMG

२०७८,पुष २६,तिलोत्तमा सिटी। माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा मन्त्रालयले गरेको छ ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने बताए । ‘हामी आजै सूचना जारी गर्ने तयारीमा छौं’ शर्माले भने, ‘सूचना सीसीएमसीकै सिफारिस अनुसारको हुन्छ ।’कोरोनाको संक्रमण बढेपछि सीसीएमसीले विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । सो सिफारिस सार्वजनिक भएपछि आज शिक्षा मन्त्रालयका अधिकारीहरु छलफलमा बसेका थिए ।

कमेन्ट गर्नुहोस्