लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एकैदिन डेढ लाखभन्दा बढी कोरोना संक्रमित थपिए

IMG

 २०७८,पुष २५,तिलोत्तमा सिटी। छिमेकी मुलुक भारतमा तेस्रो लहर सुरु भएसँगै कोभिड-१९ का संक्रमित अचानक बढ्न थालेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५९ हजार ६३२ जना नयाँ संक्रमित थपिएको भारतीय समाचार माध्यमले जनाएका छन् । त्यस्तै, उक्त अवधिमा ४० हजार ८६३ जना संक्रमण मुक्त भएका छन् भने ३२७ जनाको मृत्यु भएको छ ।त्यस्तै, आइतबारसम्म कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या ३ हजार ६२३ पुगेको छ । हालसम्म २७ राज्यमा यो भेरियन्ट फैलिइसकेको छ ।


महाराष्ट्रमा ओमिक्रोनका संक्रमित सबैभन्दा धेरै छन् । त्यहाँ यो भेरियन्तका संक्रमितको संख्या १ हजार ९ पुगेको छ । दोस्रो स्थानमा रहेको दिल्लीमा ५१३ जनामा हालसम्म ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।हाल भारतमा संक्रिय संक्रमितको संख्या ५ लाख ९० हजार ६११ रहेको छ । संक्रमितको संख्या एक्कासि बढ्‍न थालेपछि भारतका कैयौं राज्यमा कडाइ गरिएको छ । दिल्ली र कर्नाटकमा हप्तामा २ दिन (शनिबार र आइतबार) कर्फ्यू लागू गरिएको छ भने आजदेखि तमिलनाडुमा आइतबार पूर्ण कर्फ्यू लगाइएको छ ।


यसैबीच, आईआईटी कानपुरका प्राध्यापक मनिन्द्र अग्रवालले यसै महिनाको मध्यसम्ममा दिल्ली र मुम्बई जस्ता प्रमुख शहरमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढ्न सक्ने बताएका छन् । तेस्रो लहरमा दैनिक संक्रमितको संख्या दोस्रो लहरको भन्दा झण्डै दोब्बर अर्थात् ८ लाखसम्म पुगेको उनको अनुमान रहेको छ ।


 

कमेन्ट गर्नुहोस्