लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जाडोमा बिद्यार्थीलाइ ट्रयाक सुट बितरण गर्यो रोटर्याक्ट बुटबल साउथले

IMG

तिलोत्तमा सिटी,२५ पौष २०७८। जाडो बढ्दै गएपछि सामाजिक सेवामा क्रियाशील रोटर्याक्ट क्लब अफ बुटबल साउथले विद्यार्थीलाई कपडा बितरण गरेको छ। क्लबद्वारा तिलोत्तमा नगरपालिका वडा नं १ मा रहेको सिद्धार्थ आधारभुत माबिमा बिद्यार्थीहरुको लागि ५० सेट ट्रयाक सुट बितरण गरिएको क्लबका सचिब सुबिन खड्काले तिलोत्तमा सिटीलाई बताए। यहि बर्ष रमाइलो चाड देउसीभैलो खेलेर जम्मा भएको रकम बिद्यार्थीहरुलाई जाडोको समयमा केहि सहयोग होस् भन्ने उद्धेश्यले ५० सेट ट्रयाकसुट बितरण गरिएको क्लबका अध्यक्ष अमृत भुषालले बताए ।


क्लबले बिगत देखि नै सामाजिक क्षेत्रमा यस्ता रचनात्मक कामहरु निरन्तर गदै आएको अध्यक्ष भुषालले बताए । क्लबका अध्यक्ष अमृत भुषालको अध्यक्षयता सचिब सुबिन खड्काको सन्चालन तथा कार्यक्रम संयोजक युबराज अर्यालको संयोजकत्वमा विद्यालयका शिक्षक, विद्यार्थी तथा कर्मचारी एबम क्लबका सदस्यहरुको बाहुल्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्