लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा बेलहिया हेल्थ डेस्कका कर्मचारीनै कोभिड संक्रमित

IMG

तिलोत्तमा सिटी,२५ पौष २०७८। नेपाल भारतको सीमा बेलहिया हुदै नेपाल भित्रिने यात्रुहरुमा कोभिड पोजिटिभ बढ्ददै गएको छ । यात्रु मात्र हैन उनिहरुलाई चेकजाँच गर्ने स्वास्थ्यकर्मिहरु पनि कोभिडको चपेटामा आईरहेका छन्। बेलहिया हेल्थ डेस्कमा काम गर्ने ल्याबका कर्मचारीहरुमा कोभिड पोजिटिभ देखिए पछि अहिले स्वास्थ्यकर्मिहरु आत्तिएका छन् । ल्याबमा काम गर्ने दिया शर्मालाई कोभिड संक्रमण देखिएको छ । यस अघि हिजो मात्रै अर्का ल्याब कर्मचारी जङ्ग भण्डारीलाई पनि कोभिड संक्रमण पुष्टि भएको थियो ।कर्मचारीहरुमा नै कोभिड संक्रमण देखिन थाले पछि अहिले सबैलाई कन्ट्याक्ट ट्रेसिङमा राखिएको छ । त्यस मध्ये लक्षण देखिनेलाई मात्र एन्टिजेन परिक्षण गरिएको बेलहिया हेल्थ डेक्सका सूचना अधिकारी अनिल कुमार यादवले जनाए । पोजिटिभ देखिएका दुवै ल्याब कर्मचारीमा कोभिडको लक्षण देखिएपछि उनिहरुको एन्टिजेन परिक्षण गरिएको थियो ।


सूचना अधिकारी यादवका अनुसार आईतबार सीमामा २९ जनामा एन्टिजेन परिक्षण पोजिटिभ देखिएको छ । सीमामा आएका शंकास्पद २ सय ३० यात्रुलाई एन्टिजेन परिक्षण गर्दा उनिहरु मध्ये २६ पुरुष र ३ महिला गरि २९ जनामा संक्रमण देखिएको छ । यादवले यो सातामा जम्मा २ सय ५६ जनामा एन्टिजेन परिक्षण पोजिटिभ देखिएको जानकारी दिए ।यस्तै भारतबाट आउने ५ जनामा पनि एन्टिजेन परिक्षण पोजिटिभ देखिएपछि उनिहरुलाई फिर्ता पठाईएको ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरिक्षक नविन पौडेलले जनाए । जसमध्ये एक वटा भारतीय पर्यटक बोकेको बसलाई समेत फिर्ता पठाईएको उनले जानकारी दिए।बेलहयिा हेल्थ डेस्कका सूचना अधिकारी अनिल कुमार यादवले पोजिटिभ केसहरुका जिन सिक्वेन्सिङको लागी स्वाब संकलन गरि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाएको बताए । अहिले सम्म आईसोलेसनको ब्यवस्था नभएकोले सबैलाई घरमै होम आईसोलेसनमा राखिएकोे जनाए ।

कमेन्ट गर्नुहोस्