लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल युवा परिषदको आयोजनामा करिअर छनौट अभिमुखिकरण कार्यक्रम सम्पन्न

IMG

तिलोत्तमा सिटी,२३ पौष २०७८।नेपाल युवा परिषद रुपन्देही शाखा को आयोजना तथा तिलोत्तमा नगरपालिका को सहयोगमा तिलोत्तमा ५ स्थित राममणि बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी लाई जीवनबृति अभिमुखिकरण (करिअर ओरिएन्टेसन) गरिएको छ। शुक्रबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, विशिष्ट अतिथिका रूपमा राममणि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तारा प्रसाद पराजुली, सेयर विश्लेषक तथा आवास रियल स्टेटका डिरेक्टर विपिन कडेल, प्रशिक्षक तथा तिलोत्तमा नगरपालिकाका सूचना प्रविधि अधिकृत सुदीप ढकाल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता नेपाल युवा परिषद रुपन्देही शाखाका अध्यक्ष कुशल डुम्रेले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सन्ध्या खनालले गर्नु भएको थियो।


करीब ३ घण्टासम्म निरन्तर चलेको सो कार्यक्रम मा लगभग १०० जना विद्यार्थीहरुको उपस्थिति थियो । कार्यक्रममा विशेषगरी अहिलेको वर्तमान समयमा युवाहरुले इन्टरनेटको प्रयोग गरी नयाँ सीप कसरी सिक्न सकिन्छ भन्ने विषयमा विपिन कडेलले आफ्ना भनाइ राख्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले सरकारी सेवामा प्रवेश गर्न के के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा आफ्नो विचार व्यक्त गर्नुभएको थियो।




त्यस्तै कार्यक्रममा आफ्ना कुरा राख्दै प्रशिक्षक सुदीप ढकालले व्यक्तित्व विकास तथा आइडियाको सिर्जना तथा सीप कसरी सिक्न सकिन्छ भन्ने बताउनुभयो। विद्यार्थी हरुलाई क्यारियर सम्बन्धी जानकारी दिई अहिलेको समयमा कसरी प्रविधिको उच्चतम प्रयोग गरी सीप सिकेर करिअर  छनौट गर्ने यस कार्यक्रमको उद्देश्य रहेको नेपाल युवा परिषद रुपन्देही शाखाका महासचिव अभिषेक त्रिपाठीले जानकारी दिनुभयो।कार्यक्रममा उपस्थित विद्यार्थीहरु मध्ये केहीले आफ्ना अनुभव आदानप्रदान गरेका थिए। कार्यक्रममा सिकेका कुरालाई विद्यार्थीले आफ्ना व्यावहारिक जीवनमा पनि लागू गर्छन भन्ने अपेक्षा रहेको क्याम्पस प्रमुख  तारा प्रसाद पराजुलीले जानकारी दिनु भयो। बिद्यार्थीको बाहुल्य उअपस्थिति रहेको कार्यक्रम बाट धेरै जसो प्रबिधि र करिअर डेभलपमेन्टका बारे जिज्ञासा तथा प्रश्नोत्तर राखिएको परिषद्का अध्यक्ष कुशल डुम्रेले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्