लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थप २४ नमुना जीन सिक्वेन्सीङ गर्दा सबैमा ओमिक्रोन सङ्क्रमण पुष्टि

IMG

२०७८ पुष २३, तिलोत्तमा सिटी। नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।पौष महिनामा सङ्क्रमणमध्ये सङ्कलित १,१४६ नमुनामध्ये २२ प्रतिशत अर्थात् २५० वटामा एस-जीन नेगेटिभ देखिएको र तीमध्ये २४ वटाको जीन सिक्वेन्सीङ सर्दा सबैमा ओमिक्रोन भेरिअन्ट पुष्टि भएको मन्त्रालयले जनाएको हो।


ओमिक्रोनको सङ्क्रमण उच्च देखिएपछि मन्त्रालयले सबै अस्पताललाई "अत्यधिक बिरामीको चापलाई मध्यनजर गर्दै तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक अक्सिजनलगायत सामग्री यथेष्ट जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयार रहन" निर्देशन दिएको छ।मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राले जारी गरेको प्रेस विज्ञप्तिमा सीमा नाकाहरूमा कोभिड परीक्षणलाई "थप सशक्त बनाउने तथा भेटिएका सङ्क्रमितलाई एकान्तवासमा राख्ने व्यवस्था गरिएको" जनाइएको छ।

कमेन्ट गर्नुहोस्