लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गजल

tillotmacitynews - 2022 Jan 05 01:30 PM
IMG

२०७८ पुष २१, तिलोत्तमा सिटी।

जे गरे नि हुने यहाँ छुट धेरै भयो

कानुनकै अघिल्तिर लुट धेरै भयो।


पहिले एक थिए आज अनेक छन्

कहाँबाट आयो खै मुकुट धेरै भयो।


पहिचान हराउँछ कि भन्ने भो डर

हाम्रै बिचमा गुट उपगुट धेरै भयो।


अचेल साँचो बोलेपनि भर लाग्दैन

आश्वासनको नाममा झुट धेरै भयो।


गरिबसँग जिउ ढाक्ने लुगा नि छैन

महलमा पल्टिनेसँग सुट धेरै भयो।

कमेन्ट गर्नुहोस्