लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

म बजारमा छु अचेल

IMG

२०७८ पुष २०, तिलोत्तमा सिटी।

म बजारमा छु अचेल

हातमा शिप छ

आँखामा अनवरत देखिरहने सपना छन्

खुट्टाहरु सुदुर दुरको यात्राको तय गरिरहेछन्

मलाई मेरा खुशीहरुमा

तपाईंका खुुुशीहरु साट्न मन छ

यताका अनुभब र त्यताका अनुभव मिलाएर

एउटा दह्रो डोरी बाट्न मन छ

म बजारमा छु अचेल

मेरो शिप कसैले किन्नु हुन्छ कि हजुर ?


म हिँड्ने बाटामा थुप्रै तगारा छन्

हिमालजति नै अग्लिरहने थुप्रै अप्ठयारा छन्

म त्यही अप्ठ्यारोभित्र सजिलो खोजिरहेछु

मुठी कसी आफैमा

साहसको वर्तन हालेर

म हिडने बाटो उज्यालो पारिरहेकी छु

मेरा हातमा भएको शिपले

कसैको कला सजाइदियो भने

म धन्य हुने छु

म बजारमा छु अचेल

मेरो शिप कसैले किन्नु हुन्छ कि हजुर ?


हिंस्रक हातहरुले

मेरा साह्रागाह्रालाई कतै छोलान् कि

मेरो लचिलोपनाको फाइदा उठाउलान कि

म उत्तिकै चनाखो छु र

समयसँग यति अनुरोध गर्छु कि

सभ्य समाजका असभ्य आाखाहरुले

म जस्ता अरु धेरै पौरखीहरुको हिड्ने बाटो नदेखुन

देखुन त यति देखुन

उनिहरुसँग भएको उत्साह देखुन

उनिहरुसाग भएको भित्री क्षमता देखुन

उनीहरुमाथिको वर्तमानको मेहनतमा भविष्यको आशा देखुन

म बजारमा छु अचेल

मेरो शिप कसैले किन्नु हुन्छ कि हजुर ?

कमेन्ट गर्नुहोस्