
तिलोत्तमा सिटी,१९ पौष २०७८। भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित एक सहकारीबाट रकम चोरी भएको छ।गणेश मन्दिर नजिक रहेको अभिताभ बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ९ लाख २९ हजार ३ सय रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ। अज्ञात समूहले गएराति ढोका फुटाएर रकम चोरी गरेको महानगरीय प्रहरी वृत जगातीका डिएसपी रामबहादुर केसीले जानकारी दिए। चोरीको घटनाबारे अनुसन्धान भइरहेको केसीले बताए।
कमेन्ट गर्नुहोस्